मिसन टुडे राष्ट्रिय दैनिक काठमाडौं, २४ पुस /माओवादी केन्द्रसँग पार्टी एकताको मोडालिटी, सरकार गठनलगायतका विषयमा छलफल गर्न एमाले स्थायी कमिटीकाे बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए । पार्टी एकताको विषयमा आइतबार साँझ अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । छलफलमा पार्टी एकता प्रक्रियालाई गति दिएर ओली उपचारका लागि थाइल्याण्ड जाने कार्यक्रम छ । दुई प्रमुख नेताबीच मर्त रुप दिन दुई छुट्टाछुट्टै कार्यदल गठन गरेर एकता प्रक्रियालाई अन्तिम रुप दिने सहमति भएको थियो ।
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्