कोहलपुर,२४ पुस/ रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेण्टर लि.९च्ःम्ऋ०, काठमाण्डौंको आयोजनामा वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । यही पुस २१ गतेदेखि २३ गतेसम्म नेपालगञ्जको होटल सिग्नेट कृष्णा ईनमा सम्पन्न भएको हो । तालिममा सेण्टरको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये १४ जिल्लामा रहेका ३१ वटा साझेदार संस्थाहरुका अध्यक्ष, व्यवस्थापक तथा सहायक व्यवस्थापक स्तरका ३१ जना सहभागीहरुले भाग लिएका थिए । तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेण्टर लि.कर्जा व्यवस्थापन विभाग प्रमुख तथा भ्क्ष्ँँएरक्बपअजजबm उचयवभअत का ऋययचमष्लबतयच पृथ बहादुर थापाले गरेका थिए । फिनलिट नेपालका कार्यकारी निर्देशक प्रकाश कोईराला तालिममा प्रशिक्षण दिएका थिए । तीन दिने तालिमको क्रममा कोईरालाले वित्तीय साक्षरताको अर्थ, त्यसको महत्व, समयको महत्व, पैसाको महत्व, बचत गर्नुको महत्व, बचत गर्ने तरिका, ऋण व्यवस्थापन विधि, व्यावसायिक योजना निर्माण, रेमीटयान्सबाट प्राप्त रकमको सदुपयोग गर्ने विधि, वीमा आदि बिषयमा संस्थाले आफ्ना सदस्यहरुलाई प्रशिक्षण गर्न अपनाउनुपर्ने विधिहरुको बारेमा खेल, नाटक, प्रस्तुतीकरण, छलफल तथा श्रव्यदृष्यको माध्यमबाट जानकारी गराएका थिए ।
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार
प्रतिक्रिया दिनुहोस्