दक्षिण कोरियाले उत्तरलाई पठायो उत्तर कोरियालाई वार्ता टोलीको नाम



सोल,२२ पुस/  उत्तर कोरियासँग गर्ने भनिएको उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले आफ्नो तर्फका वार्ता टोलीका सदस्यको नाम उत्तर कोरियालाई पठाएको समाचार छ ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सीधा टेलिफोन सम्पर्क (हट लाइन)मार्फत पठाइएको हो ।

दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीका नाम शनिबार पठाएपछि अब उत्तर कोरियाका तर्फबाट पनि सो वार्ता टोलीमा सदस्यको नाम दक्षिण पठाइने छ ।

आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ । शनिबार ती नामको सूची पठाइएपछि उक्त सीधा टेलिफोन सेवा आजका लागि बन्द गरिएको छ । सम्भवत उत्तरका तर्फबाट वार्तामा सहभागी हुने सदस्यको नाम आइतबार प्राप्त हुने सोलले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार