भीम रावत, कोहलपुर, १६ पुस/ कोहलपुरमा आगामी माघ १ गते देखि ८ गते सम्म सञ्चालन हुने ‘दुःख निवारण महालक्ष्मी यज्ञ’ लाई सफल बनाउन यज्ञको पूर्वसन्ध्यामा शनिबार कोहलपुरमा सरसफाई गरिएको छ ।
वृहत सरसफाई कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले कोहलपुर नगरलाई सफा, सुन्दर र हरित नगर बनाउने नगरपालिकाले चालेको कदमलाई आजको यस सरसफाई कार्यक्रमले थप उत्साहित बनाएको बताए । नेपाली काँगे्रसका कोहलपुर नगरसभापति बलराम भट्टराईले कोहलपुरलाई सफा बनाउन सबै लाग्नु पर्ने बताए । कोहलपुर नगरपालिका –११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले कोहलपुरलाई सफा राख्न कोहलपुरवासी नै लाग्नु पर्ने र त्यसका लागि सबैमा जनचेतना जाग्नु आवश्यक रहेको बताए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक गोपाल चन्द्र भट्टराईले शहरलाई सफ गर्नु भन्दा पहिले यस ठाउँमा रहने हरेक मानिसको मन सफा हुनु आवश्यक रहेको बताए । उनको तर्क थियो,– मन सफा नभई समाजको सुन्दरता देख्न सकिदैन ।
दुःख निवारण महालक्ष्मी यज्ञको पूर्व तयारीको सन्दर्भमा यज्ञका संकल्पकर्ता गोविन्द शरण महाराजले हामी सबै मनै देखि सफा हुनलाई कर्म पनि गर्नु पर्ने बताउदै हरेक मानिसले आफूलाई कर्तव्यपालक कर्ता बनी दुःख निवारण महालक्ष्मी यज्ञको सफलताको लागि काम गर्नु पर्ने विचार राखे । शनिबार गरिएको सरसफाई कार्यक्रम कोहलपुर नगरपालिकाको गोलपार्कबाट शुरु भई गोलपार्कको चारै तिर हुँदै न्यूरोड , न्युरोड चोक हुँदै मूल सकडको दाँया–बाँया हुँदै ईलाका प्रहरी कार्यालय, एनटिभीरोड हुँदै पुःन गोलपार्क पुगी समापन गरिएको थियो ।
सरसफाई कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख ,वडाका अध्यक्षहरु , कोहलपुर उद्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यालय कोहलपुर ,सशस्त्र प्रहरी ,नेपाली सेना , विभिन्न सामाजिक संघसंस्थाहरु , विद्यालयका विद्यार्थी , शिक्षक , पत्रकार लगायतको सहभागिता रहेको थियो ।
नैतिकवान ,सतचरित्र, सदाचार, इमानदारी व्यवहारद्वारा मूल्यनिष्ट समाजको परिकल्पनालाई साकार पार्ने “घर व्यवसायमा धन लक्ष्मीको वृद्धिका लागि” गर्न लागिएको दुःख निवारण महालक्ष्मी यज्ञ जस्तो धार्मिक उत्सवमा सबैको सहभागिताको लागि गोन्दि शरण महाराजले अनुरोध समेत गरेका छन् । दुःख निवारण महालक्ष्मी यज्ञको पूर्व तयारीकै क्रममा यही पुष २२ गते साँझ ५ बजे नेपाल आमाको नाममा आरती गर्न प्रत्येक सहभागीहरुले एक÷एक वटा मम्वत्ति ल्याएर केवल १५ मिनेटका लागि गोलपार्कमा उपस्थित हुन आग्रह गरिएको छ । यज्ञकै तयारीको क्रममा माघ १ गते महालक्ष्मी शोभायात्रा र २ गते रक्तदान कार्यक्रम समेत गरिने गोविन्द शरण महाराजले जानकारी समेत गराएका छन्
प्रकाशित मिति : २०७४ पुस १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्