ओम प्रकाश बानियाँ
दोहा, कतार
मोरङसुनसरी सेवा समाज कतारले आफ्नो १३ औं साधारण सभा एवंम् २०१० देखि हरेक बर्ष आयोजना गर्दै आएको बृहत बनभोज कार्यक्रमको तयारी अघि बढाएको छ ।
आगामी २६ जनवरी २०१८ शुक्रबारका दिन अग्रेजी नयाँ बर्षको शुभकामना आदानप्रदानका साथ साथै कतारको रमणीय स्थलमा सास्कृतिक कार्यक्रम समेत गर्ने भएको छ । संस्थाले सो कार्यक्रमलाई सफल बनाउन विभिन्न समिति र उप समितिहरु समेत गठन गरि कार्य विभाजन गरिएको संस्थाका कार्यवाहक अध्यक्ष तेज कटुवालले जानकारी दिनु भयो । कटुवालका अनुसार संस्थाले २०१८ को लागि सदस्यता नविकरण तथा वितरण खुल्ला गर्दै कतारमा कार्यरत सम्पूर्ण मोसुबासीहरुलाई सहभागिताको लागि आह्रवान गर्नु भयो । विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरुको समुपस्थिति रहने सो कार्यक्रममा कतारमा कार्यरत मोसुबासीहरुको उल्लेखनिय उपस्थिति रहने अपेक्षा आयोजकले गरेका छन् । कतारका पुराना र निरन्तर क्रियाशिल संस्थाहरुको अग्रपङितमा रहेको मोसु संस्थागत रुपमा परिपक्व संस्था मानिन्छ ।
यसले आयोजना गर्ने कार्यक्रम र गतिविधहरुलाई समाजले विशेष चासो दिने गरेको कतारको समाजलाई नजिकबाट नियाल्नेहरु बताउछन् । कतारबाट शुरु भएको मोसु अभियान नेपालमा विधिवत दर्ता भई क्रियाशिल छ भने कतार सहित बहराईन, कुवेत, ओमान, यूएइ र जापानमा संस्थागतरुपमा क्रियाशिल छ साउदी, मलेसिया र यूरोपबाट समेत यसका अभियन्ताहरु आवद्द भई विभिन्न सामाजिक तथा मानविय गतिविधिहरु गरिरहेका छन् ।
मोसुलाई सामाजिक गतिविधिको आधार बनाएर सक्रिय अभियन्ताहरुको गैरआवासीय नेपाली संघ लगायत अन्य संघ संस्थाहरुमा समेत उल्लेखनिय भुमिका रहने गरेको छ ।










प्रतिक्रिया दिनुहोस्