परिवार नियोजन सम्बन्धी घुम्ति शिविर सञ्चालन



रावन बिश्वकर्मा, पुस १०/ परिवार नियोजन सम्बन्धी ‘स्थायी बन्ध्याकरण’ घुम्ति शिविर बर्दियामा सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा आइतबार देखि बाँसगढीबाट सुरु भएको शिविर जिल्ला अस्पताल गुलरियामा गएर सकिने आयोजकले जनाएको छ । पौष ९ गते आइतबार देखि मोतिपुर स्वास्थ्य चौकी बाँसगढीमा नगर प्रमुख सालिकराम अधिकारीले शिविरको उद्घाटन गरेका हुन् । पहिलो दिन बाँसगढीमा सञ्चालन भएको शिविरमा महिला र पुरुष गरी ४० जनाले सेवा लिएको बाँसगढी नगर स्वास्थ्य संयोजक शुरेसकुमार रेग्मीले जनाए । बाँसगढीबाट सुरु भएको शिविर १० गते स्वास्थ्य चौकी डेउढाकला, ११ गते स्वास्थ्य चौकी बेलवामा सञ्चालन हुनेछ ।
त्यस्तै पौष १३ र १४ गते प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा, १६ देखि १८ गते सम्म प्राथमिक स्वास्थ्य केन्द्र मगरागाडी, पौष २० र २१ गते स्वास्थ्य चौकी
बानियाभार, पौष २३ र २४ गते ठाकुरद्धार स्वास्थ्य चौकी, २६ देखि २८ गते सम्म बगनाहा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने
छ ।
माघ ३ र ४ गते ढोढरी स्वास्थ्य चौकी, माघ ६ देखि ८ गते सम्म स्वास्थ्य चौकी नयाँ गाउँ, माघ १० देखि १२ गते सम्म स्वास्थ्य चौकी पाताभार, माघ १४ देखि १६ गते  सम्म प्राथमिक स्वास्थ्य केन्द्र  राजापुर, १८ र १९ गते स्वास्थ्य चौकी खैरापुर र माघ २१ र २२ गते जिल्ला अस्पताल गुलरीयामा शिविर सञ्चालन हुने छ । घुम्ती शिविरमा भ्यासेक्टोमी र िमनील्यापको सेवा दिइने छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १० गते सोमबार