नवनिर्वाचित सांसदहरुलाई वाणिज्य संघको स्वागत



मिसन सामाचारदाता  कोहलपुर  पुस, ०५ / कोहलपुर उद्योग वाणिज्य संघले बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद महेश्वर गहतराज –अथक) र क्षेत्र नं १ प्रदेश सभा (ख) की सांसद आरती पौडेलले स्वागत तथा सम्मान गरेको छ । वाणिज्य संघको आफ्नै कार्यालयमा सम्पन्न गरिएको कार्यक्रममा संघका अध्यक्ष चक्र बहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा, उद्योग तर्फका उपाध्यक्ष प्रदिप भट्टराई, वाणिज्य तर्फका उपाअध्यक्ष लक्ष्मण पौडेल, महासचिव तेज प्रसाद अधिकारी लगायत अन्य पदाधिकारी तथा सदस्यहरुले सांसद द्वय अथक र आरती पौडेललाई खादा तथा फूलमालाले स्वागत सम्मान गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्षले नम प्रसाद शर्माले स्वागत मन्तव्य राख्दै नवनिर्वाचित सांसद द्वयलाई यस क्षेत्रको विकासका लागि विशेष भूमिका खेलिदिन अनुरोध गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिभिसभाका सांसद महेश्वर गहतराजले वाणिज्य संघलाई धन्यवाद दिदै हिजो आफू एउटा दलको नेता र संगठक भएको भए पनि अब बाँके क्षेत्र नं १ का सम्पूर्ण जनताको प्रतिनिधि भएको बताए । उनले भने, ‘राज्य भित्र यस क्षेत्रका जनताको पहुँच स्थापित गराउन पुरै लाग्ने छु’। गहतराजले यस क्षेत्रमा सिक्टा सिचाइँ जस्तो राष्ट्रिय गौरवको आयोजन हुनु अनि नेपालकै सबै भन्दा राम्रो उर्वर भूमि हुनु हाम्रो लागि राम्रो सम्भावना रहेको बताए । उनको दावी थियो, यो सम्भावनालाई कृषि क्रान्तिको समुचित प्रयोग गर्ने र यहाँको उर्बर भूमिमा उत्पादन बढाउने नीति सहित कार्यान्वयन गर्न विशेष भूमिका खेल्ने बताए ।
बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने र यसबाट बाँकेको आर्थिक विकासमा टेवा पुग्ने बताउदै चिनको सिमाना हिल्सा देखि भारतका दिल्ली सम्म सिधा सम्पर्क गराउन सक्ने सडक सञ्जालको ‘ट्रान्जिट प्वाइन्ट’ कोहलपुरलाई बनाउन सक्ने प्रसस्तै सम्भावनाहरु रहेका स्पष्ट पारे । सम्भावना भएको शहरमा रहेका उद्योगी व्यापारीहरुले नीजि क्षेत्रको लगानी आकर्षण गर्न पनि पहल गर्न सुझाए ।
प्रदेश सांसद आरती पौडेलले आफूलाई माया र भरोसा गरेर मत दिई विजय गराउन सहयोग गर्नु भएकोमा सबैलाई धन्यवाद दिदै अब आफ्नो यात्रा गरिबी विरुद्ध हुने , त्यो तपाई हामी सबैको सहयोगबाट सम्भव हुने बताइन् । उनले भनिन् ,‘ मैले नीति बनाउने ठाउँमा नीति बनाउँदा उद्योग मैत्री र जनमैत्री बनाउने छु ’ ।
त्यस्तै उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नरेन्द्र प्रसाद पौडेलले मुलुकको आर्थिक संवृद्धि को लागि बाहिरको पूँजीलाई लगानीको लागि देश भित्र ल्याउन सक्ने नीतिगत व्यवस्था गर्न सकियो भने त्यस्ले आर्थिक संवृद्धिको डोका खोल्छ
भन्दै त्यस्तो नीति बनाउन विशेष पहल गरिदिन आग्रह गरे । नेपालको आर्थिक संवृद्धि कृषि क्रान्तिको माध्यमबाट गर्ने धेरै सम्भावनाहरु भएको कृषिको क्षेत्रमा आत्म निर्भर बन्न सक्न गरी नीति आवश्यक रहेको सुझाए ।
संघका सल्लाहाकार
चिन्तामणि धितालले मुलकको संवृद्धि बढाउन पहल गर्न र त्यस्को लागि यस क्षेत्रका व्यपारीहरुको सहयोग सधै रहने बचनवद्धता व्यक्त गरे । नवनिर्वाचित सांसदहरुलाई स्वागत गर्ने कार्यक्रमको संघका अध्यक्ष चव्रm बहादुर अधिकारीको अध्यक्षतामा र संघका महासचिव तेज प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ५ गते बुधबार