मिसन सामाचारदाता, पुस ०३/ गत मंसिर २८ गते देखि नेपालगञ्जमा सञ्चालन भइरहेको “आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा–२०७४” भएका विभिन्न कार्यक्रमहरुले दर्शकहरुलाई आकर्षण गरिहेका छन् । विभिन्न विद्यालयका विद्यार्थीहरुले महोत्सव स्थलमा राखेको विज्ञान प्रदर्शनीका स्टलहरुले पनि धेरैको ध्यान तानेको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुका गीत तथा नृत्यले दर्शकलाई त्यतिकै मात्रामा मनोरञ्जन गराइरहेका छन् ।
विद्यार्थी, शिक्षक मात्र होइन, अन्य दर्शकहरुसमेत विद्यार्थीहरुको विज्ञान प्रदर्शनीमा झुम्मिएको देख्न पाईन्छ । ज्ञानोदय मावि खजुरा, स्प्रिङ्गडेल, पशुपति, जेनिथ बोर्डिङ्ग लगायतका स्कुलले विज्ञान प्रदर्शनी गरिरहेका छन् । उनीहरु आफै स्टलमा बसेका छन् भने विज्ञान प्रदर्शनीका विषयमा आगन्तुकहरुलाई जानकारी समेत दिइरहेको देख्न पाईन्छ ।
ज्ञानोदय मावि, जेनिथ खजुराका विद्यार्थीहरुले अत्याधुनिक पुलको डिजाईन नै तयार पारेर महोत्सव स्टलमा राखेका छन् । उनीहरुले हाइड्रोलिक पुल, मोटरवेल स्पेन्सन् ब्रिजको नमूना नै तयार गरेका छन् । सो विद्यालयका विद्यार्थी भानुभक्त कुमाल, बिजय मिश्र, सुनैना थापा, निरज पौडेलले सो पुलहरुको नमूना तयार गरेका हुन ।
त्यस्तै शैक्षिक महोत्सवको
तेस्रो दिन आईतबार साहित्यतर्फ बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीमा विभिन्न भाषाभाषीका चर्चित कविहरुले आफ्ना कविताहरु वाचन गरेका
थिए । सो अवसरमा साहित्यकार तथा समालोचक लेकप्रसाद प्याकुरेलको पहिलो मुक्तक संग्रह ‘लेकबेसीका आ“शुहरु’ विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सनत रेग्मीले सो कृति विमोचन गरेका
थिए । हरिप्रशाद तिमिल्सेना, हरिमाया भेट्वाल, अब्दुल लतिफ शौक, सचिदानन्द चौबे, अमर शाह, शिशिर सापकोटा, पुष्पमणी प्रधान, रामचन्द्र आचार्य, भोजराज ढकाल, भोजराज शर्मा नादिर, सुन्दर गुरुगं, महेन्द्र
सेढाई लगायतले कविता बाचन गरेका थिए । कवि गोष्ठि महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
शैक्षिक महोत्सवमो तेस्रो दिन आईतबार शंकर बिसी,रमेशरज भट्राई, टिका पुन, अन्जली अधिकारी, रोजिना अधिकारी लगायतका कलाकारले मन्च तताएका
थिए । महोत्सवको चौथो दिन
(आज) सोमबार चर्चित लोकगायक बद्रि पंगेनी, पुरुषोत्तम न्यौपाने लगायतका कलाकारहरु आउदै
छन् । उनीहरु लगायत राजनराज सिवाकोटी, राजनराज सिवाकोटी, दिपसागर थापा, आरुषी मगर लगायतको उपस्थिति रहने प्रचार
प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी गराइका
छन् ।
प्रकाशित मिति : २०७४ पुस ३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्