महोत्सवबाट यस क्षेत्रमा ‘पठन संस्कृति’को विकास हुने विश्वास
भीम रावत मिसन सामाचारदाता मंसिर २९ / “सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान ” भन्ने मूलनारा सहित बिहिबार नेपालगञ्जमा “ आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७४” को सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले समुद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रिपति पुनले गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय पुस्तक आवश्यक रहेको बताए ।
त्यसका लागि नेपालमाको शैक्षिक पाठ्यक्रम र पाठ्यपुस्तक समयानुकुल परिमार्जन गर्न आवश्यक रहेको पुनको भनाई छ । साथै उपराष्ट्रपति पुनले विस वर्ष पछिलाई सम्झिएर शिक्षिा नीति बनाउनुपर्नेमा जोड दिएका छन् । पछिसम्मका लागि सोचेर शिक्षा नीति नबनाउँदा देशको शैक्षिक स्तर परिवर्तनमा उल्लेखिय प्रगति हुन नसकेको उपराष्ट्रपति पुनको भनाई छ ।
देशमा पुस्तक नीतिको समस्या रहेको बताउँदै पुनले स्पष्ट पुस्तक
नीति निर्माणका लागि सरोकारवाला निकायलाई दबाब दिनुपर्नेमा जोड
दिए । पुनले भने, ‘ म छिटो भन्दा छिटो राष्ट्रिय पुस्तक नीनि बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ त्यसको लागि कुनै पनि ठाउँमा आफ्नो भूमिका आवश्यक रहेमा त्यसको लागि आफू सधै
तयार रहने प्रतिवद्धता समेत उपराष्ट्रपतिले दिएका छन् ।
देशको राजनीतिक प्रसंगको कुरा गर्दै उपराष्ट्रपति पुनले सबै तहका निर्वाचन सम्पन्न पश्चात नेपाल लामो समय देखिको संक्रमणकाल समाप्त भएको भन्दै अब देश आर्थिक संवृद्धिको बाटोमा हिडेको बताए । उनले भने,–‘देशले आर्थिक
संवृद्धिको बाटो तय गरेको छ । यसमा सहभागी हुन म सबैलाई आह्वान गर्छु ।’
सोही अवसरमा बोल्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष हरि प्रसाद अर्यालले राज्यले पाठ्यपस्तक उत्पादन तथा बिक्री वितरणमा नीजि क्षेत्रलाई प्रोत्साहन
गर्न नसकेको भन्दै गुनासो गरे ।
उनले भने,—‘स्पष्ट सरकारी नीतिका कारण पाठ्यपुस्तकको उत्पादन, बिक्री बितरण र ठुवानीमा समस्या नै समस्या झेल्नुपरेको छ ।’ अध्यक्ष अर्यालले साझा प्रकाशनको मुल्यमै नीजि क्षेत्रलाई समेत पाठ्यपुस्तक उत्पादनमा प्रोत्साहन गर्न आग्रह समेत गरे । मध्यपश्चिम
क्षेत्रीय शिक्षा निर्देशक हरि गौतमले शैक्षिक जागरणका लागि शैक्षिक महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउदैे शिक्षाले मात्र देश परिवर्तन गर्ने पनि बताए ।
साथै गौतमले महोत्सवको आठौं सस्करणलाई नेपालगञ्ज सम्म ल्याइ पु¥याउन पहल गर्ने सम्बन्धित व्यवसायीहरुलाई धन्यवाद दिदै यसबाट यस क्षेत्रमा ‘पठन संस्कृृति’को विकास हुने विश्वास गरे । सोही अवसरमा बोल्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष धनराज आर्चाय ले काठमाण्डौंमा मात्र केन्द्रीत शैक्षिक गतिविधि देशका कुना काप्चामा पु¥याउन महासंघले शैक्षिक
महोत्सव आयोजना गरेको
बताए ।
उद्घाटन समारोहको अध्यक्षता महोत्सव आयोजक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केका अध्यक्ष एवं मूल आयोजक
समितिका संयोजक बुद्धि प्रशाद अधिकारीले गरेका थिए ।
केन्द्रीय महासचिव नवनिधी पन्तले सन्चालन गरेको समारोहमा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष सालिक सुबेदीले गरेका थिए । ७ दिनसम्म सन्चालन हुने महोत्सवका माध्यमबाट पुस्तक र त्यससंग जोडिएका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उदेश्य
रहेको छ । महोत्सवमा दुई लाख
बढि दर्शक भित्राईने छ भने १ सय ५० बढि स्टलहरु रहने छ । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिएका छन् ।
महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभागीताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष छ ।
साथै शैक्षिक महोत्सवको उद्घाटन शत्रमा उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रमा उल्लेखिन योगदान पु¥याउने शिक्षाविद्, समाजसेवी तथा स्रष्टाहरुलाई विशेष सम्मान गरे । ख्यातीप्राप्त शिक्षाविद्ध् प्रा.डा.
सुरेश राज शर्र्मा, चलचित्र निर्माता, संगीतकर्मी एवं कलाकार यादव खरेल, साहित्यकार सनत रेग्मी, र समाजसेवी तथा शिक्षाप्रमी हरिप्रशाद रावतलाई विशेष सम्मान गरेका
थिए ।
त्यस्तै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका संस्थापक अध्यक्ष बसन्त लामिछाने, पूर्व अध्यक्ष नायाराण ज्ञवाली र प्राविधिक शिक्षाका क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने सञ्जय सिंहलाई महासंघका तर्फबाट सम्मान गरिएको थियो । सम्मानित भएपश्चात सम्मानित हुने व्यक्तित्वहरुको तर्फबाट प्रा.डा. सुरेश राज शर्र्माले देशमा भएका शिक्षा क्षेत्रका परिवर्तनहरु सन्तोष्जनक भएपनि आजको विश्वब्यापी प्रतिस्पर्धामा कमजोर रहेको भन्दै यसको युणस्तरमा विशेष ध्यान दिनु पर्ने सुझाव दिए









प्रतिक्रिया दिनुहोस्