मिसन सामाचारदाता/ कोहलपुर, २८ मंसिर, हिन्दु जागरण नेपाल बाँकेले आगामी पुष ४ गतेदेखि ११ गते सम्म बागेश्वरी मन्दिर परिसरमा महायज्ञ संचालन गर्ने भएको छ । बुधबार पत्रकारसंग भेटघाट कार्यक्रम गर्दै आयोजक समितिले नील सागर बृद्धाआश्रमको शिवपार्वती निवास कैलाश भवन निर्माण सहयोगार्थका लागि श्रीमद भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ २०७४ संचालन गर्न लागेको महायज्ञका मुल समारोह समितिका संयोजक नारायाण सुवेदीले जानकारी गराएका छन् । महायज्ञलाई शिरोमणी कोमल उपाध्यायले वाचन गर्ने कार्यक्रम रहेको सुवेदीले बताए ।
प्रकाशित मिति : २०७४ मंसिर २८ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्