कालीकोटमा पनि वाम गठबन्धनको क्लिन स्वीप



कालीकोट ।

प्रदेश ६ मा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको छ ।

कालीकोटको एउटा प्रतिनिधिसभा सदस्य र दुईवटा प्रदेशसभामा वाम गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ वामपन्थी गठबन्धनबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएका छन् । रावतले २१ हजार ११२ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार ४०७ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेश (क) मा एमालेका कुर्मराज शाही विजयी भएका छन् । शाहीले ११ हजार ९३५ मत ल्याए भने प्रतिद्वन्द्वी कांग्रेसका टेकराज शाहीले ४ हजार ४८९ मत ल्याए ।

यस्तै प्रदेश (ख)मा विनाविभागीय मन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । मन्त्री शाहीले १२ हजार १५३ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार ३४२ मत ल्याएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २३ गते शनिबार