नेपालगंज, मंसिर २२, बाँकेमा मतपरिणाम आउन शुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार बाँकेको निर्बाचन क्षेत्र नं. २ मासंघिय समाजबादी फोरमका मोहम्मद ईस्तियाक राई १०१२ मत सहित अग्र स्थानमा देखीएका छन । त्यस्तै ७९४ मत सहित लोकतान्त्रिक गठबन्धनका ओम प्रकास आजाद दोश्रो र ५७० मत सहित बाम गठबन्धनका पशुपति दयाल मिश्रा तेश्रो स्थानमा रहेका छन । त्यस्तै बाँके क्षेत्र नं. १ प्रतिनिधीसभा सदस्य तर्फ माओबादी केन्द्रका महेश्वर गहतराज १००२ मत सहित अग्रस्थानमा देखीएका छन भने नेपाली कांग्रेसका माधबराम खत्री ४८२ मत सहित दोश्रो स्थानमा र संघिय समाजबादी फोरमका लाल बहादुर शाह ४४२ मत सहित तेश्रो स्थानमा देखीएका छन । त्यस्तै बाँकेको क्षेत्र नं. ३ को प्रदेश सभा क को पनि मत परिणाम सार्बजनीक भएको छ । मत परिणाम अनुसार क मा माओबादी केन्द्रका आईपी खरेल २४३५ मत सहित अगाडी देखीएका छन भने लोकतान्त्रिक गठबन्धनका चन्तराम थारु १२०० मत सहित दोश्रो स्थानमा रहेका छन ।
बा“केमा २ लाख ७६ हजार मतदाता मध्ये १ लाख ९५ हजार ६ सय ४० ( करिव ७१ प्रतिशत) मतदान भएको छ । प्रतिनिधिसभा क्षेत्र १ (क) मा ३२८४१ प्रदेश (ख) ३७२१९ गरी जम्मा ७००६० मत खसेको छ । प्रतिनिधिसभा क्षेत्र २ (क) मा ३०९०१ प्रदेश (ख) मा २८२७२ गरी ५९१७३ र प्रतिनिधिसभा क्षेत्र ३ प्रदेश (क) मा ३५६९० र प्रदेश (ख) मा ३१९४४ गरी जम्मा ६७६३४ मत खसेको छ ।
प्रकाशित मिति : २०७४ मंसिर २२ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्