कोहलपुरमा नेपाली काँग्रेस र राप्रपा परित्याग गरेर सयौं बाम गठबन्धनमा प्रवेश



कोहलपुर ।
कोहलपुर १४ बाट फोरम लोकतान्त्रिक बाट वडा सदस्य पदमा उम्मेदवार उठेकी हेमा खटिक बाम गठबन्धनमा प्रबेस गरेकी छिन ।यसै गरि वडा नम्बर १४ कै अक्कल घरुवा र ओढरापुरमा नेपाली काङ्ग्रेसका नेता रामगोपालको नेतृत्वमा ६५ जना नेपाली काङ्ग्रेस, राप्रपा र मधेशी फोरम लगायत बिभिन्न पाटी परित्याग गरि बामगठबन्धनमा प्रमुख अतिथी देबराज भारको हातबाट टिका र माला लगाई प्रवेस गरेका छन् ।सभामा प्रतिनिधि सभा र  प्रदेश सभाका समानुपातिक तर्फका तिलक परियार र मन्जु कोइरालाले आ आफ्नो भनाई राखेका थिए।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १७ गते आइतबार