एजेन्सी १५ मंसिर/ रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले अमेरिकाले उत्तर कोरियालाई परमाणु क्षेप्यास्त्र कार्यक्रमका लागि उक्साएको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूतले उत्तर कोरियासंग सम्बन्ध विच्छेद गर्न गरेको आग्रहलाई उनले अस्वीकार गरेको जनाएका छन् ।
उनले भने रुस उत्तर कोरियासँग वार्ताको माध्यमबाट समस्या समाधान गर्न चाहन्छ । आर्थिक प्रतिबन्धले उत्तर कोरियालाई मनाउन सघाउने काम गर्दैन ।
अमेरिकाले भने उत्तर कोरियाले परमाणु कार्यक्रम नरोके ठूलो क्षति व्यर्होनु पर्ने चेतावनी दिँदै आएको छ । वुधबारमात्रै उत्तर कोरियाले अहिले सम्मकै ठूलो बेलिस्टिक मिसाइल परिक्षण गरेको दावि गरेको थियो ।
प्रकाशित मिति : २०७४ मंसिर १५ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्