रावन बिश्वकर्मा, बर्दिया, ११ मंसिर/ बाँसगढी नगरपालिका नगर प्रमुख शालिकराम अधिकारीले स्थानियबासीहरुको सहभागिताबाट गरिएको बिकास मात्र दिगो हुने बताएका छन ।
बाँसगढी नगरपालीका वडा नम्बर ८ को वडा कार्यालयमा आईतबार भएको योजना निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुलाई सम्बोधन गर्दै स्थानियहरुको सहभागतिाबाट गरिएको बिकास दिगो हुने भएकाले बिकासमा जनसहभागीता अपरिहार्य भएको बताए ।
नगर प्रमुख शालिकराम अधिकारीको प्रमुख आतिथ्यमा भएको अनुशिक्षणमा योजनाको संझौता, बजेट निकाशा, योजना अनुगमन मुल्याङकन, बिलभर्पाइको फरफारक कसरी गर्ने भन्ने बिषयमा अनुशिक्षण दिइएको थियो ।
अनुशिक्षण बाँसगढी नगरपालिकाका कार्यकारी अधिकृत कमल प्रसाद पौडेल, योजना तथा सुचना अधिकारी शेरबहादुर केसी, लेखा अधिकृत देवराज गीरी र प्राबिधिक तर्फ प्रबिण बस्नेतले अनुशिक्षण दिएका थिए ।
स्थानिय स्तरमा रहेका योजनाहरुमा आम नागरिकहरुको अपनत्व जगाउने, जनसहभागिता जुटाउन र बजेटलाइ पारदर्शि एबं छरितोे बनाउन अनुशिक्षण शुरु गरेको सूचना अधिकारी शेरबहादुर केसीले बताए ।
आईतबार वडा नं ७ को वडा कार्यालय बरकीडेउढामा दुइ चरणको अनुशिक्षण सम्पन्न गरियो । दोश्रो चरणको अनुशिक्षण बाँसगढी नगर उपप्रमुख सुष्मा चौधरीको आथित्यमा भएको थियो । बाँसगढी वडानं ७ मा जम्मा २३ योजनाका ६९ जनाको सहभागिता थियो ।








प्रतिक्रिया दिनुहोस्