नेपालगञ्जर, ११ मंसिर/ निर्वाचनको मिति नजिकिएसँगै लोकतान्त्रिक गठबन्धनले बाँकेमा चुनावी अभियानलाई थप सशक्त बनाउँदै लगेको छ । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बाँके क्षेत्र नं.३ मा चुनावी घरदैलोदेखि चुनावी कोणसभालाई सशक्त बनाएको हो ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा ३ ‘क’ का उम्मेदवार चन्तराम थारु र ३ ‘ख’ का उम्मेदवार लक्ष्मीनारायण शाहले ३ नम्बर क्षेत्र लोकतान्त्रिक गठबन्धनमय बन्दै गएको बताए ।
संबिधान काँग्रेस नेतृत्वमै जारी भएको राम्रोसँग थाहा पाएका मतदाताहरुले विकास र सम्वृद्धि पनि काँग्रेस नेतृत्वमा मात्रै सम्भव भएकोले काँग्रेसलाई नै जिताउने नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँले बताए ।
आइतबार खजुरागाउँपालिका–३ ईगाउँमा आयोजित घरदैलो कार्यक्रममा अधिकांश मतदाताहरुले विकास र सम्वृद्धिको आवश्यकता रहेको बताए । घरदैलो अभियानका घरमा अधिकांश मतदाताहरुको माग सडक, पुलपुलेसा, कल्बर्ड, खानेपानी र सिंचाइँ सुविधा उपलब्ध गराउनु पर्छ भन्ने नै माग रहेको पाइएको छ । प्रदेशसभा ३ ‘ख’ का उम्मेदवार लक्ष्मीनारायण शाहले भने–‘यसले काँग्रेसले भन्दै आएको सम्बृद्धि र विकासकै आवश्यकतालाई पुष्ट्याई गर्छ ।’
उनले काँग्रेसप्रतीको जनलहर देखेर एमाले माओवादी गठबन्धन आत्तिएको बताए । खजुराको ई गाउँमा घरदैलोसँगै कोणसभालगायतका कार्यक्रममा ठूलोमात्रामा लोकतन्त्र र प्रजातन्त्रपक्षधर लगायतको सहभागीता थियो । यो चुनाव प्रजातन्त्र र लोकतन्त्र जोगाउने र मास्नेबीचको लडाइ भएकाले विवेकपूर्ण तरिकाबाट मतदान गर्न प्रतिनिधिसभाका उम्मेदवार बादशाह कुर्मीले सबैलाई आव्हान गरे ।








प्रतिक्रिया दिनुहोस्