कोहलपुर, ११ मंसिर/ कोहलपुर स्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
विद्यार्थीको अतिरिक्त क्रियाकलापलाई मध्यनजर गर्दै स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा डोलराज अधिकारी, नबिन अधिकारी, मन्जु चौधरीको टीम प्रथम, भुपेन्द्र कुवर, बिष्णु रोकाए, राम प्रसाद गैरेको टीम द्वितीय र चेत बहादुर बुढा, बिष्णु बहादुर रोकाए र पदम बहादुर सुबेदीको टीम तेस्रो भएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा १४ टीमको सहभागिता रहेको थियो । साथै कार्यक्रममा स्ववियुले क्याम्पसमा ई–लाईब्रेरीको लागि तीन थान कम्प्युटर समेत प्रदान गरेको छ । उक्त कम्प्युटर स्ववियु सभापति दिनेश केसिले क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई हस्तारतरण गरेका थिए ।
प्रकाशित मिति : २०७४ मंसिर ११ गते सोमबार









प्रतिक्रिया दिनुहोस्