कोहलपुर, १० मंसिर/ शिवशक्ति शिव मन्दिरको शिव लिङ्गको प्राण प्रतिष्ठालाई शनिबार २५ वर्ष पुरा गरेको अवसरमा प्राण प्रतिष्ठा दिवस मनाइएको छ । कोहलपुरमा स्थित शिव शक्ति मन्दिरमा २५ वर्षको अवसरमा भब्य कार्यक्रमको आयोजना गरी पूजा सम्पन्न गरिएका हो ।
मन्दिरमा रहेको शिव लिङ्गको रुद्र अभिशेक, पञ्चवासणी हवन ब्राहमणहरुबाट गरिएको हो । उक्त पुजा कार्यक्रममा कोहलपुर नगरवासी र राजनीतिक दलहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
कार्यक्रम बारे जानकारी दिदै मन्दिर व्यवस्थापन समितिका सदस्य सुदर्शन कुमार शास्त्रीले मन्दिरको रुद्राभिशेक गर्दा मन्दिरमा रहेको शिव लिङ्गलाई पानी, दुधले स्नान गराई मन्दिरको पूजा गरिने बतए ।
यस्तै उनले यसरी मन्दिरको पुजा गर्दा त्यहाँबाट निस्केका मन्त्रहरुले वायूमण्डलमा जाने र वायूमण्डलमा व्यापक हुने र वातावरणमा भएका विभिन्न किटनाषक वस्तुहरुलाई नष्ट गर्ने पनि ग्रन्थमा उल्लेख भएको बताए ।
कार्यक्रम हिन्दु धर्म अनुसार धर्मगुरुहरुको उपस्थितिमा मन्दिरको पुजा गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्