रामजानकी मन्दिरमा ज्ञानात्मक सत्सङ्ग सुरु



सनातन धर्म संस्कारको संरक्षण, सम्वद्र्धन र सम्वृद्धिका लागि कोहलपुर–१२ चपरगौडी स्थित श्री राम जानकी मन्दिर राधा कृष्ण भागवत् आश्रममा श्रीमद् भागवत सप्ताह एवं धनधान्याचल भक्ति ज्ञानात्कमक सत्सङ्ग शनिबारदेखि सुरु भएको छ ।

हिन्दु धर्मको आदर सारा नेपालीको सम्मान र इतिहासको आदर गर्नु भएकाले सनातन हिन्दु धर्मको संरक्षण गर्ने र धर्म संरक्षणार्थ एउटा वैदिक भागवत गुरुकुलको स्थापना गर्ने हेतुले सो सप्ताह सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

छात्रावास सहितको गुरुकुल स्थापना गरिने आयोजक समतिले बताएको छ । त्यसका लागि धर्म संस्कारप्रति आस्था हुने सबै महानुभावहरुलाई आफूले सक्दो दान गर्न अुरोध समेत आयोजकले गरेको छ ।

रु ११ हजारमाथि दान दिनेको शिलालेखमा नाम राखिने र रु १ लाखदेखि माथि दान दिनेको अभिभावकको रुपमा सम्मान गरिने आयोजकले बताएको छ ।

सप्ताहभरिमा बिहान पूजापाठ र मध्यान्न ११ बजेदेखि ४ बजेसम्म कथा प्रवचनको साथै साँझमा भजन किर्तन गरिने आयोजकले जनाएको छ । सप्ताहको प्रारम्भमा शनिबार कोहलपुरमा रथयात्रा सहित भक्तजनहरुले ¥याली निकालेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १० गते आइतबार