कोहलपुर, १० मंसिर/ कोहलपुर–११ साझाचोक स्थित सृजना सहकारी संस्थाको १८औं साधारण सभा शनिबार कोहलपुरमा सम्पन्न भएको छ । सभाको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै खड्काले सृजना सहकारीले कोहलपुर क्षेत्रमा दग्धजन्य वस्तुमा गुणस्तरीय उत्पादन र सहज ढङ्गले विक्रि वितरण गरिरहेको प्रति प्रशंसा गर्दै यसलाई बढाउन सहकारीका सबैले शेयर सदस्यहरुले अझै मेहनत गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष दशरथ पराजुलीले आथिर्क वर्ष २०७३÷७४ को संस्थाको रु २ करोड ५७ लाख ४४ हजार ४ सय ९८ को आयव्यय प्रस्तुत गरिएको गरेका थिए । साथै उनले चालु आ.व.२०७४÷७५ को लागि रु १० करोड ४० लाख ७८ हजार बराबरको कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
संस्थाले अगाडि सारेका कार्यक्रमहरुमा दुध संकलन, प्रशोधन, वचत परिचालन, ऋण लगानी तथा विमा तथा पशु स्वास्थ्य आहार कार्यक्रम, शेयर विक्रि लगायतका कार्यक्रमहरु राखेको छ ।
सहकारीले होल मिल्क, स्टेण्डर मिल्क, स्टेण्डर दही, कप दही, घ्यू, पनीर, छर्पी, आइस्क्रिम, मिल्क बदाम, नौनी, खुवा र मिठाई आदि उत्पादन गर्दै आइहेको छ ।
सभामा उत्कृष्ट दुग्ध उत्पादक कृषक, ऋणी, बचतकर्ता र ऋण समुह गरी १६ जनालाई रु १÷१ हजार तथा कदरपत्र सहित पुुरस्कृत गरिएको थियो ।
त्यस्तै संस्थाका १ जना कर्मचारी र वयोवृद्धलाई समेत सम्मान गरिनुका साथै १ सय ३ जना कृषकहरुलाई दुध बोनस वापत रु २ लाख ३ हजार ९ सय ६७ रुपंैयाँ प्रोत्साहन स्वरुप दिइएको थियो ।
संस्थाको उद्घाटन सत्रमा सहकारी संघका पुर्व केन्द्रीय सदस्य हर्क बहादुर वली, शिवशिखर जडिबुटी कृषि सहकारी संस्थाका अध्यक्ष नवराज उपाध्याय, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्था अध्यक्ष दशरथ पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन व्यवस्थापक चन्द्रलाल तिवारीले गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्