ज्ञानदियो सहकारीको दशौ साधारण सभा सम्पन्न



कोहलपुर, १० मंसिर/   कोहलपुर नगरपालिका–११ रहेको ज्ञानदियो बहुउद्देश्यीय सहकारी संस्थाको दशांै वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाको केन्द्रीय सहकारी बोर्डका केन्द्रीय सदस्य देव बहादुर केसीले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि केसी सहकारी ऐन २०७४ लागु भएसँगै त्यसको नीतिभित्र रही सहकारी सञ्चालन गर्नुपर्ने बताए । साथै सहकारीका शेयर सदस्यहरुले सहकारीबाट लिएको कर्जालाई आफ्नो आर्थिक सम्वृद्धिको लागि व्यवसायिक क्रियाकलापमा लगाउन सुझाव दिए ।

सहकारीकी अध्यक्ष नारायणी घिमिरेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका महिला शेयर सदस्य सुत्केरी भएमा सुत्केरी भत्ता बापत रु २ हजार ५ सय र कुनै शेयर सदस्यको मृत्यू भएकमा किरिया खर्च वापत रु ५ हजार उपलब्ध गराउने जानकारी गराइन् ।

साथै सभामा सबै भन्दा धेरै शेयर जम्मा गरेवापत दान बहादुर शाही, धेरै मासिक बचत गर्ने मनिता पुन, धेरै बाल बचत गर्ने श्रृष्टि डाँगी, तथा समयमा कर्जा लिई सहकारीको नियमअनुसार नियमित कर्जा तिर्ने ५ वटा समुहका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

सो सहकारीमा आर्थिक वर्ष २०७३÷७४ को अन्त्यसम्म रु ६२ लाख ६३ हजार ९ सय शेयर पूँजी पुगेको छ । त्यस्तै संस्थाले आ.व.२०७३÷७४ को अन्त्यसम्ममा रु ७ करोड ५२ लाख १ हजार १ सय ७१ बराबरको बारोबार गररे रु ९६ लाख ४० हजार २ सय ५६ वचत जम्मा गर्न सफल भएको संसथाको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाले चालु आ.व.२०७४÷७५ मा समुह गठन वृद्धि गर्ने, शेयर सदस्य कृद्धि गर्ने, शेयर पुँजी वृद्धि गर्ने र चालु आ.व.मा रु ८ करोड ऋण लगानी गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा कोहलपुर नपा उपप्रमुख सञ्जु चौधरी, उद्योग वाणिज्य संघ कोहलपुरका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा, सहकारी संञ्जालकी अध्यक्ष मिना सिग्देल, गंगा जमुना कृषि सहकारी संस्थाका अध्यक्ष यम बहादुर श्रेष्ठ, आस्था बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरी चालिसे, बसोबास महिला सहकारी संस्थाकी अध्यक्ष आशा घर्ति मगर, नेपाल शिखर जडिबुटी कृषि सहकारी संस्थाका अध्यक्ष नवराज उपाध्याय, नेशनल सप्टवयर एण्ड आइटी प्रा.ली.का प्रमुख सागर सुवेदी, शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाकी अध्यक्ष नारायणी घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सस्थाकी सचिव रविन्द्रा बुढाथोकीले गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १० गते आइतबार