यान बि.साहु : कोहलपुर, ९ मंसिर/ बैजनाथ गाउँपालिका–१ स्थित साना किसान कृषि सहकारी संस्थामा गएराती आगजनी भएको छ ।
गएराती करिब १ बजेतिर आगलागि भएपनि आज बिहान साढे ६ बजेतिर मात्र थाहा पाएको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयमा रहेका ३ वटा स्टीलका दराज, १ वटा काठको दराज, २ वटा बक्स टेबल, १ वटा कम्प्यूटर र २ वटा प्लाष्टिक कुर्सी लगायत कार्यालयमा रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
सो आगजनीबाट संस्थाको करिब २ लाख ५० हजार बराबरको माल समान जलेर नष्ट भएको सहकारीकी अध्यक्ष एकता शाहले बताइन् । आगो कसले किन लगाएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चिसापानीका सई प्रेम बहादुर विष्टले बताए ।
प्रकाशित मिति : २०७४ मंसिर ९ गते शनिबार








प्रतिक्रिया दिनुहोस्