भयरहित निर्वाचन सम्पन्न गराउने सम्बन्धी कार्याशाला



नेपालगञ्ज, ६ मंसिर/   मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई भयरहित बनाउन क्षेत्रीय कार्यशाला गोष्ठी मंगलबार नेपालगन्जमा सम्पन्न भएको छ ।

निर्वाचन आयोग नेपालको आयोजनामा भएको क्षेत्रीय गोष्ठी कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । निर्वाचन विवाद निरुपण तथा आगामी निर्वाचनमा शान्तिपुर्ण वातावरण प्रवद्र्धन सम्बन्धी एक दिवसिय प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा निर्वाचन आचार संहिता वारे व्यापक छलफल गरिएको थियो ।

निर्वाचनका लागि दलहरुले आचारसंहिता उलङघन गरिरहेको विषयलाई कसरी कार्यान्वयन गराउने र यसको समाधान कसरी गर्ने वारे छलफल गरिएको थियो । निर्वाचनमा विवाद हुनु नै अशान्ति उत्पन्न गराउने रहेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए ।

निर्वाचन विवाद निरुपण तथा आगामी निर्वाचनमा शान्तिपुर्ण वातावरण प्रवद्र्धन सम्बन्धी एक दिवसिय प्रदेश स्तरीय कार्यशाला गोष्ठी देशका ६ स्थानमा एकसाथ भएको निर्वाचन आयोग नेपालले जनाएको छ ।

जसमा पोखरा, नारायणगढ, नेपालगन्ज, सुर्खेत, विराटनगर, धनगढी रहेका छन । निर्वाचन आयोग नेपालका उपसचिव शुशिल कोइरालाको सभापतिमा भएको कार्यक्रममा क्षेत्रीय निर्वाचन अधिकारी बसन्त राज अधिकारी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ६ गते बुधबार