भूमिमाथि पुरुष सरह अधिकार हुनुपर्ने माग



कोहलपुर, ६ मंसिर/   भूमिमाथि महिलाको पनि पुरुष सरह पहुँच र उपभोग गर्ने अधिकार हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

जिल्ला भूमि अधिकार मञ्च बाँकेको आयोजनामा भएको संयुक्त लालपुर्जा निर्माणका लागि सरोकारवाला निकायसँग अन्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । भूमिमा पनि महिला अधिकार अति आवश्यक रहेको उनीहरुले बताएका छन् ।

महिला अधिकार सुनिश्चित गर्न संयुक्त लालपुर्जा दिने कार्यलाई अनिवार्य लागु गर्नुपर्ने माग गरेका छन् । २१ औं सताब्दीमा पृतीसतात्मक सोचको अन्त्य गर्न जरुरी रहेको सहभागीहरुको जोड थियो । महिला र पुरुष वीच भेदभाव भई महिलाहरुको स्थिति पुरुषहरुको भन्दा पछाडि रहेसम्म शान्ति र प्रगति हुन नसक्ने सहभागीहरुले बताएका छन् ।
महिला विरुद्ध हुने सवै प्रकारका भेदभावहरु उन्मुलन गर्ने अभिसन्धी पारित भएर पनि महिलाहरुको हक हित र विकासका लागि व्यापक अधिकार व्यवस्था गरिएको जिल्ला भूमि अधिकार मञ्च बाँकेका अध्यक्ष जसविरले बताए ।

अझैपनि संवैधानिक व्यवस्था अनुरुप राजनीतिमा महिलाहरुको अनिवार्य सहभागिता र स्थानीय तहमा महिला जनप्रतिनिधिको सामान्य पहुँच बाहेक नेपाली महिलाको कामको अर्थपुर्ण मुल्याङकन हुन नसकेको धारणा राखे । हाल देशभरिमा संयुक्त लालपुर्जा ६ सय ४० परिवारले ४ सय विगहा २३ कठ्ठा र ८६ धुर जमिन संयुक्त लालपुर्जा बनाएको सामुदायिक आत्मनिर्भर केन्द्र काठमाण्डौंको तथ्याङमा रहेको आयोजकले सार्वजनिक गरेको छ ।

संयुक्त जग्गाधनी पुर्जाको अभियान सफल भएमा हजारौं महिलाको आर्थिक तथा सामाजिक जिवनमा परिवर्तन आउने सहभागीहरुको जोड थियो । सयुक्त लालपुर्जा निर्माणका लागि सरोकारवाला निकायसँग अन्तक्रिया कार्यक्रममा कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरी, खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विक, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजिवी, अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ६ गते बुधबार