सबैको पहुँच हुने संवैधानिक व्यवस्था कार्यन्वयनको पक्षमा : मन्त्री गौतम



बर्दिया, ०१ मंसिर/  सिचाईमन्त्री एंव प्रतिनिधि सभा सदस्याका लागि बर्दियाका उम्मेदवार संजयकुमार गौतमले मधेशी, महिला, थारु, दलित, आदिवासी, जनजाति, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय र दुर्गम क्षेत्रका जनताको प्रतिनिधित्व र पहुँचको नयाँ संवैधानिक व्यवस्थालाई दृढताका साथ कार्यान्वयन गर्न नेपाली काँग्रेस लागिपरेको बताएका छन् ।
क्षेत्रिय निर्वाचन परिचालन एंव प्रचारप्रसार समितिले गुलरिया नगरपालिका–१ मा आयोजना गरेको उम्मेदवार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दे बर्दिया काँग्रेसका सभापति समेत रहेका सिचाईमन्त्री गौतमलेसबै क्षेत्र, वर्ग, धर्म, लिंग, जात–जातिका विपन्न, सीमान्तीकृत समुदायहरुको क्षमता विकासमा सघाउ पु¥याउने एवं राज्यका स्रोत, साधन र अवसरमा तिनको पहुँच अभिवृद्धि गर्ने दिशातर्फ आफू र आफनो पार्टी लागि पर्ने बताए ।

नेपाली कांग्रेसको नेतृत्व संरचना र पार्टी प्रतिनिधित्व ऐतिहासिक रुपले समावेशी रहदै आएको बताउदै उनले समावेशी प्रतिनिधित्व र नेतृत्व विकासको दायरा तल्लो तहदेखि केन्द्रसम्म संस्थागत गर्न नेपाली कांग्रेसले आफ्नो पार्टी संरचनामा बाह्रौ महाधिवेशनदेखि नै गाउँतहदेखि केन्द्रसम्म विभिन्न जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्वका लागि विधानमै आरक्षणको व्यवस्था गरेको जिकीर गरे ।

सिचाईमन्त्री गौतमले मधेशको आन्दोलन, आदिवासी जनजातिको पहिचानको आन्दोलन, महिला, दलित, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक समुदाय एवं कर्णाली र दुर्गम क्षेत्रका जनताको उचित प्रतिनिधित्व र अधिकारको आन्दोलनको शान्तिपूर्ण निकास नेपाली काँग्रेसकै नेतृत्वमा संभव हुन सकेको प्रष्टाए ।

नेपालमा अझैे उचित व्यवस्थापन हुन नसकेका वादी, मुक्त कमलरी, मुक्त कमैया, चेपाङ, राउटे तथा गन्धर्व समुदाय लक्षित रोजगारीका कार्यक्रमहरुलाई उनीहरुका परम्परागत पेशा र मौलिक पहिचानसँग प्रतिकूल नहुने गरी संचालन गर्नु पर्दछ भन्ने नेपाली काँग्रेसको दृष्टिकोण रहेको बताउदै उनले मुक्त कमैयालाई मुक्ती गर्ने पार्टी नेपाली कांग्रेस नै रहेको प्रष्ट पारे ।

 

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १ गते शुक्रबार