निर्वाचन र सञ्चार सम्वनन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न



नेपालगञ्ज, ३० कात्तिक/  प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै बुधबार नेपालगञ्जमा निर्वाचन र संचार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका प्रमुख वसन्त अधिकारीले बाँके जिल्लामा मतदाता विवरण, मतदाता आचारसंहिता बारे सन्चारकर्मीहरुलाई प्रशिक्षण जानकारी गराएउनुका साथै निर्वाचनमा मतदान प्रक्रिया सफल पार्ने र मतदान पत्र बदर हुन नदिने तरिकाबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुले सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने आचारसंहिता बारे प्रष्टाउदै निर्वाचन सफल पार्न सञ्चारकर्मीहरुको भूमिका महत्वपुर्ण हुने बताएका थिए । कार्यक्रममा बाँकेका ४० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ३० गते बिहीबार