कोहलपुर, २९ कात्तिक/ बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा खिल प्रसाद भुषालको संयोजकत्वमा प्रदेश स्तरीय १७ सदस्यीय कमिटि गठन गरिएको छ ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई आफ्नो पक्षमा पार्न संयुक्त वाम गठवन्धन युवा परिचालन कमिटि गठन गरिएको हो । कमिटिको सह–संयोजकमा टिपि न्यौपाने, राजु तामाङ, खेमराज शर्मा, मिलन शाह, राजेन्द्र विष्ट र गंगा भण्डारी रहेका छन् ।
मंगलबार बाँके क्षेत्र नं.१ निर्वाचन परिचालन समितिका संयोजक देवराज भार, प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश्वर गहतराज, प्रदेश सभा ‘ख’ की उम्मेदवार आरती पौडेल, समानुुपातिक प्रदेश सभा उम्मेदवार मञ्जु कोइराला र प्रदेश सभा ‘ख’ निर्वाचन परिचालन समितिका संयोजक अव्दुल हुसेन खाँ सहितको उपस्थितिमा युवा परिचालन कमिटि गठन भएको थियो ।
कमिटि गठन पश्चात नेकपा माओवादी केन्द्रका नेता तिलक परियारले युवा विद्यार्थीहरुलाई वाम गठवन्धनका उम्मेदवारका पक्षमा जनमत सृजना गर्न, सो जनमतलाई रक्षा गर्न र वाम गठवन्धनका उम्मेदवारलाई मतदान गर्ने मतदाताहरुको मतको सुरक्षा तथा सही ठाउँमा मतदान गर्न सिकाउन युवा विद्यार्थीहरुलाई परिचालित हुन आग्रह गरे ।
प्रदेश ‘ख’ को १७ वटै वडामा युवा परिचालनको निम्ति कमिटि गठन हुनुका साथै दिनेश केसीको संयोजकत्वमा विद्यार्थीको पनि प्रदेश ‘ख’ को निर्वाचन परिचालन कमिटि गठन गरिएको राजु तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्