सुुशासन र पारदर्शितामा जोड दिनुु पर्ने



नेपालगञ्ज, २९ कात्तिक/  नेपालगन्जमा भएको एक कार्यक्रममा सहभागीहरुले सार्वजनिक निकायमा अझै पनि सूचनाहरु समयमा नपाएको गुुनासो गरेका छन् । यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा नेपालगन्जमा सार्वजनिक निकायहरुको सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धिका लागि सूचनाको हक सम्बन्धि अभिमुुखीकरण कार्यक्रम तथा सञ्जाल निर्माण गरिएको छ ।
सो सूचनाको हक सम्बन्धि अभिमुुखीकरण कार्यक्रममा सूचनाको हक, सूचना माग गर्ने तौरतौरिका र सूचनाको हक सम्बन्धि नेपालमा रहेको कानुुनी प्रक्रियाको बारेमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेका कार्यकारी निर्देशक राकेश कुुमार मिश्रले अभिमुुखीकरण गरेका थिए । त्यसैगरी नेपालगञ्ज उपमहानगरपािलका–१० का वडा अध्यक्ष बिन्दुुभुुषण बस्नेत, ५ का वडा अध्यक्ष कैफुुलवरा जोलाह, ११ का वडा अध्यक्ष उज्जवसिह राठोरले आफनो वडा कार्यालयमा सदैव सुुशासन र पारदर्शिताा कायम गर्ने र स्थानीय नागरिकको काम छिटो छरितो गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
सोही अवसरमा राम सुुवाहन सोनकरको संयोजकत्वमा ३५ सदस्यीय नगर स्तरीय सूचनाको हक सम्बन्धि सन्जाल निर्माण गरिएको छ । सन्जालले सार्वजनिक निकायमा रहेका विषयगत क्षेत्रबाट उपलब्ध हुुने कार्यहरुस्थानीय नागरिकलाई जानकारी दिने र सूचनाको हकमा सचेतीकरण गर्ने र आम नागरिकमा सहज तरिकाले सूचनामा पहँुुच गराउने कार्य गर्नेछ ।
सो कार्यक्रममा प्रमुुख अतिथि राष्ट्रिय सुुचना आयोगका आयुुक्त किरण पोख्रेलले अझै पनि ९५ प्रतिशत स्थानीय नागरिकहरु सूचनाको हक बारे अनभिज्ञ भएको बताए । सोही अवशरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहालले सूचनाको हकको बारेमा सम्पुुर्ण स्थानीय तह र सार्वजनिक निकायहरुमा प्रचार प्रसार गर्नुु पर्ने आवश्यक रहेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २९ गते बुधबार