कोहलपुर, २९ कात्तिक/ आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठवन्धन बनाई निर्वाचनमा सहभागी भएसँगै दुबै दल निकट रहेका उद्योगी व्यापारीहरु पनि संयुक्त रुपमा परिचालित भएका छन् ।
बाँकेमा मंगलबार नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट रहेका व्यवसायीहरुका संगठन नेपाल वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको संयुक्त भेलाले बाँकेमा भाष्करराज काफ्लेको नेतृत्वमा १३ सदस्यीय सचिवालयको गठन गरेको छ ।
जसको सह–संयोजकमा विष्णु प्रसाद खनाल र सचिवमा जगतजङ्ग बुढाथोकी रहेका छन् । मंगलबार नै बसेको सचिवालयको बैठकले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय स्तरका समिति समेत गठन गरेको छ ।
क्षेत्र नं.१ मा संयोजक विष्णु प्रसाद खनाल र सह–संयोजकमा एक नारायाण चापागाई, क्षेत्र नं.२ मा संयोजक राजेन्द्र गिरी र सह–संयोजक खलिल अलि, क्षेत्र नं.३ मा संयोजक लेखनाथ सापकोटा र सह–संयोजक भक्त बहादुर गोदार रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्