राष्ट्रको हितमा कार्य गर्न म्यादी प्रहरीलाई निर्देशन



रावन बिश्वकर्मा : बर्दिया, २८ कात्तिक/    बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले म्यादी प्रहरीहरुलाई संयमित भएर काम गर्न अनुरोध गरेका छन् ।

सोमबार ईलाका प्रहरी कार्यालय बाँसगढीमा रहेका म्यादी प्रहरीलाई निर्देशन दिर्दै उनले म्यादी प्रहरीको लागि राष्ट्रले ठुलो लगानी गरेकाले राष्ट्रको हितमा कार्य गर्न समेत अपिल गरे ।
आगामी २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन सफल पार्न म्यादी प्रहरी भर्ना गरेकाले म्यादी प्रहरीको आचार सहिंता भित्र रहि ईमान्दारी पूर्वक आफ्नो काम कर्तव्य निर्भाह गर्न उनले निर्देशन दिए ।

उनले म्यादी प्रहरीको तालिम पश्चात नेपाल प्रहरीको काम कर्तव्य सुरु भएकाले आवश्यकता अनुसार हर समयमा डिउटीमा खटिन समेत अनुरोध गरे । प्रहरी उपरीक्षक भट्टराईले म्यादी प्रहरीलाई मादक पदार्थ र अनैतिक क्रियाकलापबाट टाढा रहन र नेपाल प्रहरीको शिर उच्चो बनाउने काम गर्नु पर्नेमा जोड दिए ।

भट्टराईले मैनपोखर र बाँसगढीमा रहेका म्यादी प्रहरीहरुलाई निर्देशन र प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । मैनापोखर र बाँसगढीका म्यादी प्रहरीलाई निर्देशन दिएका प्रहरी प्रमुख भटटराईले सबै प्रहरी कार्यालयमा रहेका म्यादी प्रहरीलाई निर्देशन तथा निरिक्षण गरिने जनाइएको छ ।

निरिक्षणको क्रममा प्रहरी कार्यालयका ईन्चार्जहरुलाई निर्वाचन भएरहित तथा शान्तिपुर्ण रुपमा सम्पन्न गर्न अहम भुमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २८ गते मंगलबार