रावन बिश्वकर्मा : बर्दिया, २८ कात्तिक/ बर्दियाको बाँसगढीमा वृहत साँस्कृतिक कार्यक्रम तथा जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । बर्दियाको बाँसगढीमा रहेको झरसैला युवा समुह बाँसगढी झरसैलाले यहि कार्तिक १ गते आयोजना गर्ने वृहत साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगितामा प्रतिस्पर्धात्मक नृत्य तथा राष्ट्रिय ख्याती प्राप्त गायक गायिकाहरुको प्रस्तुति देख्न तथा सुन्न पाइने छ । कार्यक्रममा बर्दिया जिल्लाका विभिन्न स्थानबाट आएका नृत्य टोलीको नृत्य प्रतियोगिता तथा राष्ट्रिय लोकदोहोरी गायक भागिरथ चलाउने र गायिका तुल्सी घर्तिमगरको पनि प्रस्तुति देख्न र हेर्न पाईने समुहका अध्यक्ष दान बहादुर बुढाले बताए । उनका अनुसार आपसी सद्भाग कायम गर्न र लोक संस्कृतिको जर्गेना गर्ने उदेश्यले प्रत्येक वर्षमा कार्यक्रमको आयोजना गर्दै आएको बताए ।
“आदर्श समाज निर्माणमा युवाको सक्रियता, संस्कृति संरक्षण तथा खेलकुद विकासमा हाम्रो प्रतिवद्दता” भन्ने नारा सहित सञ्चालन गर्न लागिएको उक्त कार्यक्रमले नेपाली संस्कृतिलाई उजागर तथा जर्गेना गर्दै गाँउ ठाँउमा लुकेर रहेका नयाँ प्रतिभाको खोजी र अवसरको रुपमा सहयोग गर्ने कार्यक्रम संयोजक सन्तोष वास्तोलाले बताए ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तोन हुनेलाई क्रमश नगद १० हजार ७ हजार ५ सय ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । नाम दर्ता कार्य गर्ने कार्य धमाधम भै रहेकोले नाम दर्ता जति सक्दो छिटो गराउन आयोजक मुल समितिले आग्रह गरेको छ । प्रतियोगितामा आफ्नो कला संस्कृति झल्कने सास्कृतिक नृत्य एवं अन्य मौलिक लोकदोहोरी गितलाई विशेष प्राथमिकता दिईने र नृत्य समुहमा कम्तिमा ३ जना हुनै पर्ने आयोजक मुल समितिले जनाएको छ ।
प्रकाशित मिति : २०७४ कात्तिक २८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्