19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

वडा स्तरीय अनुगमन समिति गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०७४  

कोहलपुर,२८ कार्तिक/   कोहलपुर नगरपालिका–११ मा वडा स्तरीय अनुगमन समिति गठन भएको छ । सोमबार वडा नम्बर ११ को वडा कार्यालयमा भएको सर्वपक्षिय भेलाले ११ का जनप्रतिनिधि एवं नगरकार्यपालिका सदस्य कल्पना शर्माको अध्यक्षतामा ७ सदस्यीय बजार अुगमन समिति गठन गरेको हो ।
कोहलपुर नगरपालिकाको ११ नम्बर वडा मुख्य बजार क्षेत्र र टाउन प्लानिङ पर्ने भएकाले यो वडा नगरपालिकाकै सदरमुकाम र प्रमुख स्थानको रुपमा रहेको छ । यहाँ हुने फोहोर व्यवस्थापन हुन नसक्दा सहरलाई नै नकारात्मक प्रभाव पर्ने भएकाले यस वडामा रहेको बजारक्षेत्र, टाउन प्लानिङ क्षेत्र र बसपार्क क्षेत्रलाई फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान दिन सर्वपक्षिय बैठकमा रहभागीहरुले बताएका छन् ।
अनुगमन समितिमा ईलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नगर विकास समिति पदेना प्रतिनिधि रहने गरी कोहलपुर उद्योग वाणिज्य संघबाट संघका महासचिव तेज प्रसाद अधिकारी, पत्रकार भीम रावत, चेतकान्त भट्टराई र बसपार्क सुधार समितिका दिल बहादर गुरुङ सदस्य रहेका छन् ।
अनुगमन समितिले फोहोर व्यवस्थापन गर्न आवश्यक पर्ने नीतिगत व्यवस्था र कार्यन्वयनको अवस्थाको बारेमा वडा कार्यालयलाई जानकारी गराउने अनुगमन समितिका सदस्य भीम रावतले जानकारी गराएका छन् । रावतका अनुसार अनुगमनको रिपोटका आधारमा वडा कार्यालयले जथाभावी फोहो फाल्ने व्यवसायी र घरधनीहरुलाई कस्तो–कस्तो अवस्थामा कतिसम्मको जरिवाना लगाउने त्यसको नीतिगत व्यवस्था गरी लागु गर्नेछ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०७४     7:32:20 AM  |