कोहलपुर,२८ कार्तिक/ नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ ले मतदाता भेट्न घरदैलो अभियान शुरु गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि लोकतान्त्रिक गठवन्धनबाट बाँके क्षेत्र नं.१ मा प्रतिनिधि सभाका लागि माधवराम खत्री र १ (ख) बाट प्रदेश सभाका उम्मेद्वार नारायण गौडेलले सोमबार कोहलपुर नगरपालिका–१३ खड्कवारमा घरदैलो कार्यक्रम गरेका छन् ।
घरदैलोका क्रममा कोहलपुर–१३ का जनताले नेपाली काँग्रेसले अगाडि सारेका उम्मेदवारहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । आफ्ना मागहरु अहिले सम्म विजय भएका अन्य पार्टीहरुले पुरा गर्न नसकेकोले अब यस पटक नेपाली काँग्रेसलाई बिजयी गराउने मतदाताहरुले प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै प्रतिनिधि सभाका उम्मेद्वार माधवराम खत्रीले नेपाली काँग्रेसलाई बिजय गराई सुन्दर, शान्त र संमृद्ध बाँके क्षेत्र नं. १ निर्माण गर्ने जिम्मेवारी दिन अनुरोध गरे । उनले स्थानीय मतदाताको समस्यालाई संषदमा बिजयी पश्चात समाधानका लागि विशेष योजनाका साथ लाग्ने बताए ।
त्यस्तै घरदैलो अभियानका क्रममा मतदातासँग भेट गर्दै नेपाली काँग्रेसबाट बाँके क्षेत्र नं.१ (ख) बाट प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले यस पटक कोहलपुरका जनताले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अनुरोध गरे । गौडेलले भने,‘मलाई जनताको सेवा गर्ने अवसर निुहोस्’। यस वडाको अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने र संसदमा विजयी भएपछि जनताकै सेवा गर्नेछु ।’
घरदैलो अभियानमा नेपाली काँग्रेस कोहलपुर नगरसभापति बलाराम शर्मा, नारायण सिग्देल, महासमिति सदस्य भानुभक्त भट्टराई, जिल्ला सदस्य चिन्तामणि धिताल, युवा नेता कृष्ण कार्की लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्