मिसन सामाचारदाता, २७ कार्तिक / वाम गठवन्धन निकट रहेका महिला संगठनको सयुक्त भेला सम्पन्न भएको छ । भेलामा मतदाता शिक्षा तथा राजनीतिक प्रशिक्षण कार्यक्रम समेत भएको थियो ।
एक दिने प्रशिक्षण कार्यक्रममा वाम गठवन्धनका दिनेश चन्द्र यादव, पार्वती पुन, शान्ति ढकाल, दामोदर आचार्य, निर्वाचन आयोगका प्रतिनिधि विमल गौतम लगायतले प्रशिक्षण दिएका थिए ।
अखिल नेपाल महिला संघ बाँके र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेको सयुक्त आयोजनामा भएको भेलामा मतदाता शिक्षा तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको सभापतित्व विजया धितालले गरेकी थिइन् भने कार्यक्रम संचालन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेका संयोजक मिना चटाराले गरेकी थिइन् ।
प्रकाशित मिति : २०७४ कात्तिक २७ गते सोमबार








प्रतिक्रिया दिनुहोस्