यू-१९ एशिया कपः भारतबिरुद्ध नेपालको ऐतिहासिक जित



 काठमाडौं, २६ कात्तिक/ एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ ।

कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो ।

मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसागै नेपालले ऐतिहासिक जित हासिल गर्‍यो ।

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जित सम्भव भयो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २६ गते आइतबार