‘बालकालिका र साहित्य’ चर्चा परिचर्चा कार्यक्रम सम्पन्न



कोहलपुर,२६ कात्तिक/  हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले ‘बालकालिका र साहित्य’ विशेष चर्चा परिचर्चा कार्यक्रम सम्पन्न गरको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रमोद प्रधानले बालबालिकाको चौतर्फी विकासका लागि पाठ्यपुस्तक मात्र पर्याप्त नभएकोले बाल साहित्यको अध्ययन गर्नुपर्ने, डिजिटल प्रविधिले पारेको नकारात्मक प्रभावलाई कमी गर्न र बाबुआमा र सन्तानको सम्बन्ध सुमधुर बनाउनका लागि बाल साहित्यको ठूलो भूमिका रहको बताए ।

बालसाहित्यकार अनन्त वाग्लेले बालकविता सुनाउँदै बाल साहित्य मार्फत पाठ्यक्रमलाई बालकेन्द्रित बनाई जोड्नुपर्ने, बालबालिकालाई विश्व परिवेषमा परिचित गराउन, बदलिदों परिस्थिति अनुसार सामाजिकीकरणमा जोड दिन र समाज परिवर्तन गर्ने सचेत बाल मस्तिष्कको विकास गर्न शनिबार अभिभावकले समेत बाल साहित्यको अध्ययन गर्नुपर्ने कुरा बताए ।
यशु श्रेष्ठले रातो पूmल शीर्षकको बालकथा सुनाउँदै कार्यक्रममा सहभागी थुपै्र बालबालिकाको ध्यान आर्कषित गराउदै बाल साहित्यकार सजनी नौबागेले बालसाहित्यले समाजमा पार्ने प्रभावका बारेमा विचार राखेका थिए ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले साहित्यका हरेक विधाहरुलाई समेटी रुचि, उमेर, स्तर, क्षमता र आवश्यकताका आधारमा यस संस्थाले विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आएको कुरा बताएका थिए ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ सभाका सदस्य तथा साहित्यकार हरि तिमिल्सेना, साहित्यकार सागर गैरे, कथाकार सुमित्रा न्यौपाने, सन्तोषी विष्ट, बिक्रम शिशिर, केशव निमेश मणि गैरे, भुपेन्द्र सुवेदी लगायत छ दर्जन बढी शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २६ गते आइतबार