आचारसंहिता पालना गराउन सञ्चार महत्वपूर्ण भूमिका



बर्दिया, २६ कात्तिक/  आगामी मंसिर २१ गते हुाने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा समाचार सम्प्रेषणका क्रममा संवेदनशिलतालाई ध्यान दिन जिल्ला निर्वाचन कार्यालय बर्दियाले पत्रकारहरुलाई आग्रह गरेको छ ।

जिल्लामा कार्यरत पत्रकारहरुका लागि शनिबार गुलरियामा आयोजित “निर्वाचन र सञ्चार” विषयक तालिम उद्घाटन गर्दे जिल्ला निर्वाचन अधिकारी पवन शाहीले संवेदनशिलतालाई ध्यान दिन आग्रह गरेका हुन् ।

उंनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बर्दियाका सञ्चार माध्यमले खेलेको सकारात्मक भूमिकाको प्रंशसा गर्दै शाहीले मङ्सिर २१ मा हुने निर्वाचनमा पनि निर्वाचनमैत्री वातावरण सिर्जना गर्न तथा आचारसंहिता पालना गर्न गराउन सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने बताए ।

शाहीले जनमत निर्माण तथा मतदातालाई सुसूचित गर्ने काममा सकारात्मक रूपमा समाचार सम्प्रेषण हुनुपर्ने भन्दै नकारात्मक समाचारले सकारात्मक सन्देश दिन नसक्ने धारणा राखे ।
त्यस्तै नेपाल पत्रकार महासंघका बर्दियाका अध्यक्ष राजेन्द्र धितालले स्थानीय तहको निर्वाचनमा जस्तै आगामी निर्वाचनमा पनि स्वतन्त्र, निष्पक्ष र मर्यादित तरिकाले निर्वाचनसम्वन्धी सूचनाहरु संकलन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तयार रहेको धारणा राखे ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २६ गते आइतबार