दिव्य बहुउद्देश्यीय सहकारीकोे नवौ साधारण सभा सम्पन्न



कोहलपुर,२६ कात्तिक/ दिव्य बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका नवौं साधारण सभा शनिबार कोहलपुरमा सम्पन्न भएको छ ।

सभाको जिल्ला सहकाकरी संघ बाँकेका अध्यक्ष पे्रम सुवेदीले सहकारीका सात सिद्धान्त अनुरुप सातवटा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । सहकारीका सदस्य इन्द्रमणी ढकालले स्वागत मन्तव्य राख्दै सहकारीको विषयमा प्रष्ट पारेका थिए भने सस्थाका सचिव शिव रेग्मीले सस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए कार्यक्रममा विभन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुनेहरुमा बाल बचततर्फ रोशनी पुरी, जेष्ठ नागरिक बचततर्फ किर्तिनाथ रेग्मी, शेयरतर्फ निर्मला शर्मा न्यौपाने, नियमित बचततर्फ महिला कमला सापकोटा र पुरुष हेमबहादुर रोका रहेका छन् । त्यस्तै नियमिति कर्जातर्फ कृष्ण प्रसाद चपाई, समयमै ऋण बुझाउने देवीमाया गुरुङ र संस्थाकी कर्मचारी मिना पोख्रेल सम्मानित भएका छन् ।

बहुउद्देश्यीय सहकारी संघका हरी चालिसे, राष्ट्रिय सहकारी बंैक कोहलपुरकी मुना लोहनी, जिल्ला सहकारी संघका प्रकाश ज्ञवाली, कोहलपुर सहकारी संघ सञ्जालकी मिना सिग्देल, लेखा समिति संयोजक टंक आर्चाय लगायतको उपस्थिति रहेको थियो कार्यक्रम संस्थाका अध्यक्ष पिनाका पुरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २६ गते आइतबार