15 July 2024  |   सोमवार, असार ३२, २०८१

उम्मेदवार र पत्रकारको परिचयात्मक कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०७४  

कोहलपुर,२६ कात्तिक/  संयुक्त वाम गठवन्धनका उम्मेदवार र कोहलपुरमा रहेका पत्रकारहरु विच शनिबार परिचयात्मक कार्यक्रम भएको छ ।

बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभाका प्रत्यक्षे तर्फका उम्मेदवार महेश्वर गहतराज (अथक) १ ‘ख’ का प्रदेशसभाका प्रत्यक्षे तर्फका उम्मेदवार आरती पौडेल र प्रदेश सभाका समानुपातिक उम्मेदवार कोइरालाले कोहलपुरमा रहेका पत्रकारहरुसँग अनौपचारिक भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्दै आफूहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा गहतराजले आफू विजयी भएमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्र तथा शैक्षिक हवको रुपमा विकास गर्न सकिने योजनाहरु प्रस्तुत गर्दै आफू सधै यस क्षेत्रका सञ्चार माध्यम र सञ्चारकर्मीको पक्षमा रहने बताए ।

यस्तै कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार आरती पौडेलले आफू महिला उम्मेदवार भएकोले विशेष महत्वका साथ आफ्नो पक्षमा सञ्चार माध्यमहरुले जनमत सृजना गर्ने गरी सामाचार संकलन तथा सम्पे्रषण गरिदिन आग्रह गरिन् । पत्रकारहरुले उम्मेदवारहरुलाई सञ्चारमैत्री बन्न सुझाव दिएका थिए ।

प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०७४     7:28:12 AM  |