16 July 2024  |   मङ्लबार, साउन १, २०८१

जन विश्वासको साधारण सभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०७४  

कोहलपुर,२६ कात्तिक/  जन विश्वास बहुमुखी सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेको साधारण सभामा सञ्चालक समिति अध्यक्ष होम प्रकाश सुवेदीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा संस्थाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । ५८ जना संस्थापक सदस्यहरुमा १५ जना जेष्ठ सदस्यहरुलाई सम्मानित गरेको थियो । त्यस्तै उत्कृृष्ट बचतकर्ता मोहन चापागाई र चेत नारायाण श्रेष्ठ तथा उत्कृष्ट ऋणीतर्फ मैसरादेवी शर्मा र चन्द्रारानी थारु सम्मानित भएका थिए ।

त्यस्तै सहकारी दिवसको अवसरमा रक्तदान गरेका संस्थाका संस्थापक सदस्य शेषकान्त शर्मा लगायत ७ जनालाई सम्मान गरिएको थियो । संस्थामा दैनिक बचत, मासिक बचत, पटके बचत र मुद्दती गरी ४ किसिमका खाता रहेका छन् । संस्थाको हाल कुल चुक्त्ता शेयर पूँजी रु १ करोड २२ लाख ७८ हजार २७, कुल लगानी रु ५ करोड १० लाख ४४ हजार ९ सय ८९, कुल आम्दानी रु ६८ लाख ५८ हजार ५ सय ५७ र कुल खर्च रु ६२ लाख ६५ हजार १ रहेको छ ।

यसबाट शुद्ध बचत रु ६ लाख ३ हजार ५ सय ५६ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारण सभामा आ.व.२०७४÷७५ का लागि रु २१ करोड २२ लाख बराबरको कार्यक्रम प्रस्ताव गरिएको छ । यस कार्यक्रमबाट संस्थाले चालु आर्थिक वर्षमा करिब रु २० लाख शुद्ध नाफाको लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सुपथ मुल्य पसलमार्फत उपभोग्य सामान खरिद विक्रि, कृषि, शिक्षा, ब्यापार, वैदेशिक रोजगार आदिमा ऋण लगानी, कृषि सामाग्री खरिद विक्रि, सदस्य बचत परिचालन र कृषि उपज खरिद विक्रि आदि कारोवार गर्दै आएको छ ।

संस्थामा हाल एक संस्थागत, ३ सय ३१ महिला र १ हजार १ सय ४२ पुरुष गरी जम्मा १ हजार ४ सय ७४ जना शेयर सदस्य रहेका छन् ।
संस्थाको साधारण सभामा संस्थापक सदस्य गुणेन्द्र बहादुर क्षेत्री, जिल्ला सहकारी संघ बाँकेका सदस्य नवराज उपाध्याय, राष्ट्रिय सहकारी बैंक कोहलपुरका प्रबन्धक सुजन ददेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सभा संस्थाका अध्यक्ष होम प्रकाश सुवेदीको अध्यक्षता र रामकृष्ण विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०७४     7:25:00 AM  |