खेल सप्ताहमा मण्डेला सदन प्रथम



मिसन सामाचारदाता कोहलपुर, २५ कार्तिक, कोहलपुर नगरपालिका–२ स्थित जनज्योति पब्लिक हाई स्कुलमा बुधबारदेखि शुरु भएको खेल सप्ताह शुक्रबार सम्पन्न भएको छ । विद्यालयमा रहेका विभिन्न चार सदनमध्ये नेल्सन मण्डेला कल्ब ५ सय ३४ अङ्क ल्याई प्रथम भएको
छ । विलियम सेक्सपियर सदनले ३ सय ६८ अङ्क ल्याई द्वितीय भएको छ भने गौतम वुद्ध २ सय ५९ अङ्क ल्याई तृतीय र २ सय ४० अङ्क ल्याई अल्बर्ट आइन्सटाइन सदन चौथो भएको छ ।
विद्यालयमा सदनहरु विच प्रतिस्पर्धा गराइएका विभिन्न खेल विद्याहरुको जम्मा नतिजाबाट यस्तो परिणाम घोषणा गरिउको हो । शुक्रबार सम्पन्न फाईनल खेलमा कक्षा ८ देखि १० का विद्यार्थीहरुको छात्रा कबड्डीतर्फ विलियम सेक्सपियर सदन प्रथम, नेल्सन मन्डेला द्वितीय र गौतम वुद्ध सदन तृतीय भएका छन् । त्यस्तै छात्र तर्फ नेल्सन मन्डेला सदन प्रथम, अल्बर्ट आइन्सटाइन सदन द्वितीय, विलियम सेक्सपियर सदन तृतीय भएका थिए ।
खेल सप्ताहको समापन कार्यक्रममा विजेता छात्रछात्रा तथा लाई शिल्ड र प्रमाणपत्र वितरण गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल वेग प्रसाद चन्दले खेल सप्ताहले विद्यार्थीहरुमा स्फुर्ति र उत्साह पैदा गरेको बताउदै यसले विद्यालयमा पढाइसँगसँगै अतिरिक्त क्रियाकलाप पनि विद्यार्थीको निम्ति आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर भएको बताए ।
त्यस्तै खेल प्रशिक्षक लोेकेन्द्र बहादुर चन्दले विद्यार्थी भाइबहिनीहरुले विद्यालयमा हुने विभिन्न खेल प्रतियोगितामा सहभागी भएर आफ्नो प्रतिभा देखाउदै राष्टिूय स्तरको खेलाडीसम्म हुन सफल भएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २५ गते शनिबार