बाल ज्योति मा.विको प्रदर्शनी कार्यक्रम सम्पन्न



मिसन सामाचारदाता कोहलपुर, २५ कार्तिक, कोहलपुर नगरपालिका–११ मा रहेको बाल ज्योति मा.वि.को शुक्रबार विद्यार्थीहरुले बनाएका विभिन्न कलाहरुको प्रदर्शनी कार्यक्रम गरेको छ । विद्यालयले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निर्माण गरेका विज्ञान हस्त कला, खानाका परिकार तथा सांस्कृतिक कलाहरुको प्रदर्शन गरेको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको अध्यक्ष महानन्द ढकालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल दामोदर पौडेलको विद्यालयले शिक्षाको गुणस्तरमा फड्को मारेको बताउँदै बाल ज्योति सामान्य लाप बाट सुरु भएको कक्षा आधुनिक टेलिस्कोप र डिजिटल माध्याममा प्रोजेक्टरबाट पढाइने अवस्था सम्म पुगेकोमा हामी सबैको गर्वको विषय भएको बताए । बाल ज्योतिमा ई–लाइब्रेरी स्तर सम्म विकास भएको र यसबाट आजका विद्यार्थीहरुलाई घरमै बसेर पनि इन्टरनेटको माध्यामबाट पाठ्यक्रम बाहेक अतिरिक्त ज्ञानका पुस्तक अध्ययन गर्ने सक्ने अवस्था भएको पौडेलको दावी छ । विद्यालयमा गरिने शुक्रबारे कार्यक्रम अन्तरगत यस शुक्रबार विशेष कार्यक्रम रहेको बताउँदै यस्तो कार्यक्रममा बाट विद्यार्थीमा रहेको अतिरिक्त ज्ञानको प्रस्फुुटन हुने पौडेलले बताए ।
विद्यालयमा विद्यार्थीले निर्माण गरेका विभिन्न कलाहरुको स्टलहरुराखिएको थियो ।
अभिभावक तथा अतिथिहरुले स्टल अनुगमन पछि आफुलाई मन परेको स्टलको नम्बर लेखेर बक्समा राखि त्यसको नतिजाबाट उत्कृष्ट स्टल छनौट गरिएको थियो ।
विद्यालयका विद्यार्थीहरुले विभिन्न जात जातिको भेषभुषाको प्रदर्शन तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयकी संस्थापक लक्ष्मी सुवेदीको अतिथ्यतामा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २५ गते शनिबार