दुर्घटनामा एकको मृत्यू



नेपालगञ्ज, २४ कात्तिक/ नेपालगञ्जमा बुधबार राती सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

नेपालगञ्जको कारकाँदो चोक नजिकै भे १ ज ७२८ नम्बरको जिपमा भे ६ प ३९६ नम्बरको मोटरसाइकल ठोक्किँदा कोहलपुर नगरपालिका–३ किरणनालाका ४२ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ । सडक पार गर्दै गरेको गाडीमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा पछाडी सवार बस्नेत गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा नर्सिङहोममा उनको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मोटरसाइकल चालक बर्दिया बढैयाताल–१ का ३३ वर्षीय पूर्णबहादुर विसी घाइते भएका छन् । उनको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २४ गते शुक्रबार