कोहलपुर, २४ कात्तिक/ राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरका २ सय घरपरिवारलाई बिहिबार राहत वितरण गरिएको छ ।
गत असार २८ गते राप्ती नदिमा आएको बाढीले पीडित बनेका २ सय घरपरिवारलाई बिहिबार नेपाल एक्रा एजुकेशन फाउण्डेशनले २ सय घरपरिवारलाई राहत वितरण गरेको हो ।
प्रति व्यक्ति २५ केजी चामल, ५ केजी तेल, ५ केजी चिनी, २ केजी नुन र ५ केजी दाल गरी रु ६ लाख ५० हजार बराबरको राहत वितरण गरेको नेपाल एक्रा एजुकेशन फाउण्डेशनका संयोजक अव्दुल कविले जानकारी दिए ।
युनाइटेड अरव इम्रेडको आर्थिक सहयोगमा भएको राहत वितरणमा बाढिपीडितहरु खुसी व्यक्त गरेका थिए । सानो सहयोग नै हाम्रो लागि ठुलो सहयोग भएको भन्दै एक पीडितले खुसी व्यक्त गरे ।
प्रकाशित मिति : २०७४ कात्तिक २४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्