16 July 2024  |   मङ्लबार, साउन १, २०८१

लायन्सको रक्तदान सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४  

नेपालगञ्ज, २४ कात्तिक/  लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५द्यद्द नेपालले बिहिबार नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जोन ७४, ७५ र ७७ अन्तगर्तका लायन्स क्लबहरु र लियो क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । गोपाल अधिकारीको संयोजत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५द्यद्द का गर्भनर मधुसुदन रिजालले गरेको थिए ।

“रक्तदान, जीवन दान” भन्ने मुल नाराका साथ सुरु गरिएको रक्तदान कार्यक्रम लायन्सले हरेक वर्ष गर्दै आएको छ ।लायन्स क्लब नेपालकै नम्बर १ मा रक्तदाताको रुपमा रहेको रिजालले बताए ।

हरेक ३ महिनामा खेर जाने रगतलाई किन सदुपयोग नगर्ने भन्ने उद्देश्यका साथ लायन्सले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको रिजालले बताए ।
लायन्स क्लवले रक्तदानलाई मध्यनजर गर्दै नेपालमा अत्याधुनिक ब्लड बैंक स्थापना गर्न लागेको छ । मानविय जीवन जोखिममा हुन नदिन रक्तदान गरेर रक्तअल्पताबाट कसैको जीवन नजाओस् भन्नको लागि लायन्सले रक्तदान गर्दै आएको लायन गोपाल अधिकारीले बताए ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४     8:01:39 AM  |