दुई ट्याक्टर वन कार्यालयको नियन्त्रणमा



दाङ, २३ कात्तिक/  देउखुरीको गङ्गदी ईलाका वन कार्यक्षेत्रमा पर्ने खरदरियाबाट दुई वटा ढुङ्गासहितको ट्याक्टर ईलाका वन कार्यालय लमहीले नियन्त्रणमा लिएको जनाएको छ ।

चुरे क्षेत्रबाट अवैध रूपमा ढुङ्गा बालुवा उत्खनन् गरेको भन्दै ती ट्याक्टर नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रणमा लिइएका ट्याक्टरमा रा१त १३७४ र लु २ त १७३२ नं. को ट्याक्टर रहेको बताइएको छ ।

ती ट्याक्टरलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय दाङमा पेश गरिएको छ । वन ऐन नियमअनुसार आवश्यक कारवाही हुने गंगदी ईलाका वन कार्यालयका सहायक अधिकृत रामयज्ञ प्रसाद शाहले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २३ गते बिहीबार