अभिमुखीकरण कार्यक्रम सम्पन्न



नेपनलगञ्ज, २३ कात्तिक/  बाढी प्रतिकार्य कार्यक्रमको सिकाई तथा विपत् जोखीमा न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ संम्बन्धी अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
जिल्ला विपत् व्यवस्थापन समिति बाँकेको आयोजनामा भएको कार्यक्रममा जिल्लाको विपत् पछिको अवस्थालाई विश्लेषण गरिएको थियो । कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले विपत् व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायको संयुक्त पहल हुन आवश्यक रहेको बताए ।

उनले सबैको सहयोग र पहलका कारण बाँकेका भएको विपत्लाई सामान्य अवस्थामा ल्याउन सकिएको बताए । केसीले सरकारी तवरबाट दैवीप्रकोप उद्धार ऐनलाई परिवर्तन गरी सरकारले हालैमात्र त्यसलाई जोखीमा न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ लागु भएको जानकारी गराए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २३ गते बिहीबार