११७ वर्षिय वृद्धाले पाइन् सामाजिक सुरक्षा भत्ता



कोहलपुर, २३ कात्तिक/  कोहलपुर नगरपालिका–१० वडा कार्यालय कोहलपुरले सामाजिक सुरक्षा भत्ता वितरण घरदैलो शुरु गरेको छ ।

बुधबार कोहलपुर नगरपालिकाकी उपमेयर संञ्जु कुमारी थारु र १० का वडा अध्यक्ष निरज चलाउनेले वडा नं.१० चटार की ११७ वर्षिय वृद्ध अलैची थारुलाई सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गरी शुरु गरेका छन् ।

कोहलपुर नगरपालिका अन्र्तगत वडा नं.१० मा ४ सय ३३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र वडाका प्रत्येक घरमा गएर समाजिक सुरक्षा भत्ता वितरण गरिने वडा नं. १० का अध्यक्ष निम बहादुर चलाउने (निरज) ले बताए ।

प्रकाशित मिति : २०७४ कात्तिक २३ गते बिहीबार