15 July 2024  |   सोमवार, असार ३२, २०८१

जनज्योतिको पब्लिक स्कुलको खेल सप्ताह सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४  

कोहलपुर, २३ कात्तिक/ कोहलपुर नगरपालिका–२ स्थित जनज्योति पब्लिक हाई स्कुलमा बुधबार देखि खेल सप्ताह शुरु भएको छ ।
सप्ताहको प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा न. २ का अध्यक्ष कर्ण विसी तथा विद्यालय निरिक्षक दान बहादुर विष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए । स्कुलले वार्षिक रुपमा सञ्चालन गर्दै आएको सदनात्मक खेलको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल वेद प्रकाश चन्दलेविद्यार्थीको व्यक्तित्व विकासका लागि हरेक वर्ष विद्यालयले विभिन्न खेलकुद कार्यक्रम गर्दै आइरहेको बताए ।

उनले समाजमा खेलको विशेष महत्व छ भन्ने कुरा अनुभूती गराउनलाई पनि यो खेल सप्ताह शुरु गरेको बताए’ ।
शैक्षिक क्षेत्रमा निजी विद्यालयको पनि योग्य जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका रहेकोले स्थानीय सरकारले निजी क्षेत्रका विद्यालयका समस्याहरुलाई पनि सम्वोधन गने आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका–२ का अध्यक्ष कर्ण बहादुर विसीले स्वास्थ्यका लागि खेलकुदको निकै महत्व भएको बताउदै शिक्षा, स्वास्थ्य र खेलकुद एकअर्काका परिपूरक भएकोले खेलकुदलाई निरन्तरता दिनुपर्ने बताए ।

यस्तै कोहलपुर नगरपालिकाका विद्यालय निरिक्षक दान बहादुर विष्टले खेल सप्ताहबाट विद्यार्थीहरुले आफ्नो खेल प्रस्तुत गर्ने मौका प्राप्त गर्ने र यसैबाट राष्ट्रिय खेलाडीको समेत उत्पादन हुने बताए । विद्यालयले प्रत्येक वर्ष विद्यालयमा रहेका सदन स्तरीय प्रतिस्पर्धा गराउदै आएको प्रतियोगितामा फुटवल, भलिबल, तथा एथ्लेक्टिसका प्रतिस्पर्धाहरु हुने विद्यालयका शिक्षक जनक चन्दले जानकारी दिए ।

विद्यालयमा रहेका गौतम बुद्ध, नेल्सन मण्डेला, विलियम .शेक्सपियर तथा अल्र्वट आइन्स्टाईन गरी चारवटा सदनहरु बीच प्रावि, निमावि र मावि स्तरीय प्रतिस्पर्धा हुने खेल प्रशिक्षक लोकेन्द्र चन्दले जानकारी दिए ।

सप्ताहको उद्घाटन सत्रमा विद्यालय व्यवस्थापन समिति सदस्य पे्रम बहादुर शाही, विद्यालयका शिक्षक अशिम जङ्ग शाह, नवकिरण शाह लगायत विद्यालयका अन्य शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४     7:18:31 AM  |