नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले आसन्न चुनावलाई लक्षित गरेर मंगलबार बाँकेको क्षेत्र नम्बर १ मा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । कोहलपुरस्थित ईलाका वन कार्यालयको सामुन्ने स्थापना गरिएको उक्त कार्यालयको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । कार्यालयलाई एक विशेष समारोहकाबीच नेपाली काँग्रेसका महासमिति सदस्य भानुभक्त भट्टराई र संविधान सभा निर्वाचनतर्फका प्रत्यक्ष उमेद्वार नारायण प्रसाद सिग्देलले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरे ।